काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागि आस्वा अनुमतिपत्र नवीकरण गरेका छन्।

आस्वा नवीकरण गर्नेमा २७ वटा वाणिज्य बैंक, १३ वटा विकास बैंक र १२ वटा फाइनान्स रहेको बोर्डको नियमन तथा व्यवस्थापन विभागले जनाएको छ। 

आस्वा नवीकरण गर्ने गर्ने बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, लक्ष्मी बैंक, सिटिजन्स् इन्टरनेसनल बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, कुमारी बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, सनराइज बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र हिमालयन बैंक रहेका छन्। 

त्यस्तै महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, लुम्बिनी विकास बैंक र कञ्चन डेभलपमेन्ट बैंकले पनि आस्वा नवीकरण गरेका छन्। 

यसैगरी युनाइडेट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, पोखरा फाइनान्स, सिर्जना फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पनि आस्वा नवीकरण गरेका छन्।  

आस्वा नवीकरण गरेका बैंक तथा वित्तीय संस्थाहरुमार्फत धितोपत्रको निष्कासनका क्रममा आवेदन भर्न सकिने विभागले जानकारी दिएको छ।