काठमाण्डौ । स्रोत नखुलेका र शंकास्पद क्षेत्रबाट लगानी ल्याई धितोपत्र व्यवसाय र ब्रोकर कम्पनी चलाउनेहरुका दिन अब सकिएका छन् । 

अब धितोपत्र व्यवसाय चलाउँदा गरिएको लगानीको स्रोत देखाउनुपर्नेछ । अदृश्य र शंकास्पद क्षेत्र वा व्यक्तिबाट पैसा ल्याएर लगानी गर्न पाइनेछैन ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७  लागू गर्दै शंकास्पद क्षेत्रबाट लगानी ल्याएर धितोपत्र व्यवसायी बन्ने र बजारलाई धूमिल बनाउनेहरुमाथि कारबाहीको डण्डा चलाउन सकिने बाटो खोलिदिएको हो । 

नेपाल धितोपत्र वोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमित तथा व्यवस्थित गर्नका लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ बिहीबारदेखि नै लागू हुने बोर्डले प्रष्ट पारेको छ । 

यो म्यानुअल लागू भएपछि बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्थालाई अझ प्रभावकारी रुपमा अनुगमन एवं निरीक्षण गर्न तथा व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कामकारवाहीहरु थप नियमित तथा व्यवस्थित भई लगानीमैत्री तथा पारदर्शी धितोपत्र बजारको विकासमा टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ का मुख्य विशेषताहरु यस्ता छन्:

  • सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय
  •  अभ्यास अनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी) को
  •  मापदण्डहरुलाई समेत आधार मानी तयार गरिएको,
  • धितोपत्र व्यवसायीहरुको जोखिममा आधारित रहेको,
  • धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग
  •  स्केल १ देखि ५ को बीचमा गर्ने व्यवस्था गरिएको,
  • धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण सम्बन्धी विषय समावेश गरिएको,
  • धितोपत्र व्यवसायीहरुहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको,
  • धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र
  •  तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे ।
  • धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकन गर्दा देहायको आधारमा गर्ने गरिएकोः
  • धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा,
  • ग्राहक सम्बन्धी जोखिम,
  • भौगोलिक क्षेत्र सम्बन्धी जोखिम,
  • उच्च पदस्थ व्यक्ति सम्बन्धी जोखिम,
  • वितरण माध्यम सम्बन्धी जोखिम,
  • धितोपत्र व्यवसायीको संरचनगत जोखिम,
  • धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था ।