nepal stock exchange limited
काठमाण्डौ। नेप्से परिसूचक छोटो समयमै २१ सय विन्दु पार गरेपछि गत साता नियामक नेपाल धितोपत्र बोर्डले बजारको गतिविधि र बढोत्तरी जिज्ञासा राख्दै लेखेको पत्रको प्रतिउत्तर नेपाल स्टक एक्सचेन्जले आजभोलि नै पठाउने भएको छ।
नेप्से २१ सय विन्दु चुमेपछि र कारोबार रकम ९ अर्ब रुपैयाँमाथि हुन थालेपछि बोर्डले गत साता बजार सञ्चालक नेप्सेलाई पत्र लेखेको थियो। सोही पत्रको प्रतिउत्तर बोर्डलाई आजभोलि पठाउने तयारी भइरहेको नेप्सेका एक अधिकारीले जानकारी दिए।
नेप्सेको पूर्ण अनलाइन प्रणाली (नट्स) सञ्चालनबाट नै भोल्युम बढेको र बजारमा उच्च तरलता भएकै कारण इन्डेक्स पनि उच्च भएको भनी उत्तर लेखी पठाउने ती अधिकारीले बताए। ‘बजारमा हल्ला फिजाइएजस्तो कालो धन र चलखेलका विषयमा बोर्डको पत्रमा कहीँकतै उल्लेख नै गरेको छैन’, ती अधिकारीले भने।
गत साता दैनिकजसो नेप्सेमा विभिन्न रेकर्ड कायम गर्दै नेप्से परिसूचक २१ सय विन्दु पार गरेको थियो। बोर्डले बजारको गतिविधिका विषयमा चासो देखाउनु नियमित कार्य रहेको बोर्डका अधिकारीहरु बताउँछन्।
पछिल्लो समय बजार जानकारहरुले बजार वृद्धिलाई स्वभाविक ठानिरहेका बेला बजारको सकारात्मक गतिलाई रोक्न र लगानीकर्ताको मनोबल खसाई चलखेल गर्ने नियत र गिरोह यसपालि मात्रै हैन हरेक बुलिस ट्रेन्डमा सक्रिय हुने गरेको अभ्यास भएको ब्रोकरहरु बताउँछन्।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago