काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर आज बुधबारदेखि दोस्रो बजारमा नियमत कारोबार हुने भएको छ।

आज स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि बिहान १०ः४५) सम्म नेप्सेले तोकेको रेञ्जभित्र पहिलो कारोबार भएसँगे यो कम्पनीको नियमित कारोबार खुलेको हो। अब नियमित समय (बिहान ११ देखि दिउँसो ३ बजे) मा माउन्टेन इनर्जीको सेयर खरिदबिक्री गर्न मिल्नेछ।

नेप्सेले माउन्टेन इनर्जीलाई एमईएन कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति प्रतिकित्ता रु. ११४.८१ देखि ३४४.४३ सम्म रेञ्ज तोकेको थियो। स्पेस प्रिओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३४४मा कारोबार भएको छ। 

भर्खरै प्राथमिक सार्वजनिक निष्कासन गरेको माउन्टेन इनर्जीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सूचीकरण भएको थियो। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकरणको भएको दोस्रो दिनबाट धितोपत्र बजारमा कारोबार खुल्छ। सोहीअनुसार अब यो कम्पनीको सेयर पनि आजबाट दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ।

यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणका लागि भने १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन खोलिएको थियो।