काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र दोस्रोमा आइतबारबाट नियमित सेयर कारोबार खुलेको छ।
यो कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएका २ करोड कित्ता साधारण सेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। सोहीअनुसार नेप्सेमा कुनै पनि कम्पनीको साधारण सेयर सूचीकृत भएको भोलिपल्टदेखि कारोबारमा आउने गरेको छ। सोहीअनुसार आजबाट यो कम्पनीको सेयर कारोबार खुलेको हो।
पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता १०९.५६ रुपैयाँदेखि ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो भने कारोबार संकेत पीएलआई संकेत कोड प्रदान गरेको छ। नेप्सेले तोकेको रेन्जभित्र १३७ रुपैयाँमा स्पेसल प्रिओपन सेसनमा कारोबार भएपछि यो कम्पनीको नियमित सेयर किनबेच खुलेको हो।
प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19