काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने कुल १ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्डले निष्कासनको अनुमति पाएको छ।

कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड र व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको सानिमा लार्ज क्याप फन्डले निष्कासनको अनुमति पाएको हो। नेपाल धितोपत्र बोर्डले यो योजनालाई गत पुस १४ गते निष्कासनको अनुमति दिएको हो।

यस योजनाका कुल रु. १० अंकित दरका कुल १० करोड इकाइ निष्कासन हुनेछन्। यो क्लोज इन्डेड स्किम हो।