काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको नियमित सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो खुलेको छ।

आज स्पेसल प्रिओपनिङ सेसनमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको अधिकतम अर्थात ३०० रुपैयाँ किनबेच भएसँगै नियमित कारोबार खुलेको हो। नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ रेन्ज तोकेको थियो।

यो कम्पनीको सेयर हिजो मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। 

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। 

आईपीओ बाँडफाँड गत चैत १७ गते भएको थियो।