काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै २ कम्पनीले आवेदन दिएका छन्।
बोर्डमा दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। दोर्दी खोलाले गत वैशाख २१ गते र मानुषी लघुवित्तले गत वैशाख १३ गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्।
दोर्दी खोलाले २९ करोड ५१ लाख रुपैयाँ बढी र मानुषी लघुवित्तले ३ करोड ९३ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने अनुमति मागेका छन्।
बोर्डबाट अनुमति पाएमा दोर्दी खोला जलविद्युतले रु. १०० अंकित दरका कुल २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै मानुषी लघुवित्तले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ । यो लघुवित्तको आईपीओ निष्कासनकर्तामा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19