काठमाण्डौ । धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले धेरै ठाउँमा धेरैपटक आफ्नो पहिचान खुल्ने विवरण भर्नुपर्ने झञ्झटको अन्त भएको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडबाट पेश भएको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण(सेन्टल केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७७ लाई नियामक धितोपत्र बोर्डले स्वीकृत गरी कार्यान्वयनका लागि पुनः सिडिएसलाई पठाएपछि धेरै ठाउँमा केवाइसी भर्नुपर्ने झञ्झटको अन्त भएको हो ।
बोर्डबाट स्वीकृत निर्देशिकामा मुख्य रुपमा ग्राहकको विद्युतीय केवाईसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था, विद्युतीय केवाईसी प्रणालीको विकास सम्वन्धी व्यवस्था, ग्राहकले धितोपत्र कारोवार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाईसी दर्ता गर्नु पर्ने सम्वन्धी व्यवस्था, केवाईसी विवरण प्रयोग सम्वन्धी व्यवस्था, केवाईसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था, ग्राहकको केवाईसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था, केवाईसी विवरणको दुरुपयोग गरेमा कानुनी कारवाही सम्वन्धी लगायतका व्यवस्था समेटिएका छन् ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको निर्देशक निरञ्जय घिमिरेले जनाएका छन् ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19