काठमाण्डौ । सेयर लगानीकर्ता संघले औपचारिक आन्दोलनको सुरुवात गर्नु एकदिनअघि नेपाल स्टक एक्सचेञ्जले ब्रोकरहरुले शाखा खोल्न चाहेको ठाउँको विवरण सार्वजनिक गरेको छ । 

नेप्सेले सेयर लगानीकर्ताहरुले उठाउँदै आएका ६ बुँदे मागमध्येको एउटा ब्रोकरहरुलाई काठमाण्डौबाहिर शाखा खोल्न अनुुमति दिनुपर्नेलाई कार्यान्वयनमा ल्याउने संकेत दिएको हो । 

बुधबार सेयर लगानीकर्ता संघको अगुवाई लगानीकर्ताहरुले विभिन्न माग राखी नेप्से कार्यालयलाई घेर्दैछन् । 

नेप्से स्रोतका अनुसार प्रारम्भ उसैको नेतृत्वमा कुन ब्रोकरलाई कहाँ पठाउने भन्ने बिषयलाई टुंगोमा पुर्याउने प्रयास गरिए पनि त्यो संभव नभएपछि यसको जिम्मा स्टक ब्रोकर एशोसिएसनलाई नै दिइएको थियो । नेपालमा हाल क्रियाशील ५० ब्रोकर कम्पनीमध्ये ९ ले यसअघि नै विकेन्द्रीकृत सेवा दिन थालिसकेका छन् । बाँकी रहेका ४१ वटा ब्रोकरहरुलाई उनीहरुले नै रोजेको ठाउँमा विकेन्द्रीकृत हुन एशोसिएसनले सिफारिस गरेको स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए । 

एशोसिएसनको सिफारिस अनुसार नेप्सेले पनि ब्रोकर कम्पनीलाई शाखा खोल्न अनुमति दिने प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाएको छ । 

नेप्सेस्थित स्रोतका अनुसार ब्रोकरहरुले शाखा बिस्तारका लागि बाग्लुंग, बनेपा, बेंसीशहर, विराटनगर, इटहरी, विर्तामोड, वीरगञ्ज, बुटवल, दमक, धरान, हेटौडा, महेन्द्रनगर, नेपालगञ्ज, नारायणघाट र पोखरालाई रोजेका छन् । 

५ कम्पनीले इटहरी र अन्य ५ कम्पनीले बुटवललाई रोजेका छन् । यस्तै, बनेपा, विर्तामोड र पोखरा ४ ४ कम्पनीको रोजाईमा परेका छन् । 

शाखा बिस्तारसँगै काठमाण्डौ केन्द्रीत सेयर कारोबार विकेन्द्रीकृत हुने विश्वास गरिएको छ । तर ग्रामीण तथा दुुर्गम क्षेत्रका लगानीकर्ताहरुलाई समेत समेट्नका लागि भने अनलाइन कारोबार प्रणाली सुुरु हुनुपर्ने लगानीकर्ताहरुले माग गर्दै आएका छन् । 

कुन कम्पनीले कहाँ शाखा खोल्न माग गर्दै नेप्सेमा सिफारिस गरियो ? हेर्नुहोस् ब्रोकर एशोसिएसनले नेप्सेलाई सिफारिस गरेका ब्रोकर कम्पनीको नाम र उनीहरुले रोजेको स्थानको सूचि :