काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बुधबार हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे गरिएको हो। यो लघुवित्तको आईपीओको प्रि–अलटमेन्टको काम भने गत आइतबार नै सकिएको थियो।
धौलागिरी लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।
यो आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता सेयर माग भएको थियो। जसमा १८ लाख ६४ हजार ६४० आवेदकबाट परेको २ करोड ४ लाख ६१ हजार ८४० कित्ता सेयर सदर भएको छ भने १ हजार २८६ आवेदकबाट परेको १४ हजार १४० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेकोले धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट सदर आवेदकमध्ये भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।
यो आईपीओमा १८ लाख ३३ हजार ७११ आवेदकको हात खाली भएको छ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको नतिजा धितोपत्र निष्कासनकर्ता कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमा तथा सीडीएससीको https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19