काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने घोषणालाई रद्द गरेको छ । 

कम्पनीको गत पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट गरेको लाभांशलाई रद्द गर्दै वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले  गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

कम्पनीको यो निर्णयसँगै सेयरधनीले गत आवको मुनाफाबाट लाभांश नपाउने भएका छन् ।