काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ।
नियुक्तिसम्बन्धी सम्झौता आज बुधबार सम्पन्न भएको छ। सम्झौतापत्रमा धौलागिरी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्।
धौलागिरी लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो। प्रधान कार्यालय बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. २ श्रीनगर टोलमा रहेको संस्थाले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ।
हाल संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago