Web Photo
काठमाण्डौ । आइतबारदेखि दोश्रो बजारमा कारोबार आएको शिवम् सिमेन्ट्स लिमीटेडको सेयर मूल्य नगद लाभांशले समेत थामिएन ।
बुधबार अघिल्ला ३ दिनको तीव्र गिरावटलाई रोक्दै सेयर मूल्य स्थिर बनेको थियो ।
यो कम्पनीको सेयर मूल्य आइतबार, सोमबार र मंगलबार भने प्रत्येक दिन १० प्रतिशतको हाराहारीमा घटी नेगेटिभ सर्किट लागेको थियो ।
तीन दिनसम्म लगातार घटेको सेयर मूल्य बुधबार एकाएक थामिएपछि शिवममा सुधार आउने अपेक्षा गरिएको थियो । यही अपेक्षाका बीच शिवम् सिमेन्टको संचालक समितिको बुधबार अपरान्ह बसेको बैठकले १५.७८९५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।
लाभांश सम्बन्धी यो खबरले शिवमको सेयर मूल्य बढ्ने अपेक्षाविपरीत बिहीबार कम्पनीको मूल्य घटेको हो । अघिल्ला ३ दिनमा जस्तो मूल्यमा पहिरै नगए पनि लाभांश घोषणाका बीच पनि शिवमको मूल्य घट्दा प्रिमियमसहित ३०० रुपैयाँ दरले आइपीओ किनेका लगानीकर्ता झस्किएका छन् । कतै शिवम्को सेयर मूल्य आइतबारदेखि मंगलबारसम्मको जस्तो तीव्र गिरावटमा त पर्ने होइन भन्ने धेरै लगानीकर्तामा संशय समेत देखिएको छ ।
शिवमको मूल्य बिहीबार घटेर प्रतिकित्ता ३३३ रुपैयाँमा सीमित बन्न पुगेको छ । यो भनेको अघिल्लो दिनको तुलनामा ७ रुपैयाँ कम हो ।
शिवमको सेयर बिक्री गर्ने कतिपय लगानीकर्ताको हतारोले मूल्य घटेको देखिन्छ । यो कम्पनीको सेयर बिक्रीमा चाप परेका कारण बिहीबार सबैभन्दा बढी शिवमले नै २ करोड ६२ लाख बढीको कारोबार गरेको छ ।
शिवमको मूल्यमा सामान्य गिरावट देखिए पनि युनिभर्सल पावरको मूल्यमा जारी तीव्र गिरावट भने बिहीबार समेत रोकिएन ।
यो दिन समेत युनिभर्सलको सेयर मूल्य झण्डै १० प्रतिशतकै हाराहारीमा घट्यो । यो कम्पनीको मूल्य घटेर १७९ रुपैयाँमा झरेको छ ।
यो कम्पनीको सेयर बिक्री गर्न चाहनेको संख्या अधिक छ । तर, किन्ने कोही नहुँदा मूल्य अझै घट्नसक्ने संभावना देखिन्छ ।
बजारमा के-के भयो ?
बिहीबार बजार परिसूचक(नेप्से) भने २.०१ अंकले बढेर ११४४.५३ को विन्दूमा पुगेको छ ।
यो दिन सेन्सेटिभ इण्डेक्स ०.३२ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा ०.०८ अंकको बढोत्तरी भएको छ ।
कुल २४ करोड ५९ लाख बढीको सेयर कारोबार भएको यो दिन होटल समूहमा सबैभन्दा बढी १४.०४ अंकको गिरावट देखियो । ३ अंकले विकास बैंक समूह घटेको यो दिन जलविद्युत समूहमा ०.०६ अंक र बित्त समूहमा ०.१३ अंकको गिरावट आयो ।
बैंकिंग समूह १.३८ अंकले बढेको यो दिन निर्जीवन बिमा समूह १८.२ अंक, जीवन बिमा समूह २६.९८ अंक, माइक्रोफाइनान्स समूह २.५२ अंक, उत्पादनमूलक ४.४६ अंक र अन्य समूह ३.४७ अंकले बढे ।
शिवम सिमेन्टले सबैभन्दा बढी कारोबार गरेको यो दिन प्रभू बैंकले १ करोड २३ लाख भन्दा बढीको कारोबार गर्यो ।
नेपाल लाइफ इन्स्योरेन्सले ९९ लाख, बैंक अफ काठमाण्डूले ९३ लाख, एनएमबी बैंकले ८६ लाख, एनआइसी एशियाले ६१ लाख, जनता बैंक नेपालले ५९ लाख, ग्लोबल आइएमई बैंकले पनि ५९ लाख, सेञ्चुरी बैंकले ५८ लाख र अपर तामाकोशीले ५७ लाख बढीको सेयर कारोबार गरे ।
यो दिन सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतितको हाराहारीमा बढ्यो ।
युनिभर्सल पावरका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाएका यो दिन स्वरोजगार लघुवित्तको मूल्यमा समेत ९ प्रतिशत भन्दा बढीको पहिरो गयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19