काठमाण्डौ । बिजिनेस ग्रोथमा निकै आक्रामक रुपमा प्रस्तुत भइरहेको नबिल बैंक सेयर बजारमा यो साता पनि बजार पुँजीकरणको हिसाबले अग्रस्थानमै रहन सफल भएको छ।
निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा बलियो नबिल बैंकले कुल बजार पुँजीकरण नेपाल सूचीकृतमध्ये सबैभन्दा बढी कायम गर्न सफल भएको हो। यो साता सूचीकृत कम्पनीमध्ये नबिल बैंकको बजार पुँजीकरण सबैभन्दा बढी अर्थात १ खर्ब ९९ अर्ब पुगेको छ। गत साता पनि १ खर्ब ९६ अर्ब रुपैयाँका साथ नबिल बैंक बजार पुँजीकरणको हिसाबले अग्रस्थानमै रहेको थियो।
गत साताबाट नबिल बैंक पुँजीकरणका हिसाबले अग्रस्थानमा आएको हो। त्यसअघि लामो समयसम्म बजार पुँजीकरणका हिसाबले नबिल बैंक दोस्रो स्थानमा रहँदै आएको थियो।
त्यसो त बिजिनेस ग्रोथ, लाभांश लक्षता, बैंकिङ इतिहासलगायत सकारात्मक सूचकका कारण नबिल बैंकमा सेयर बजारका लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ।
पछिल्लो समय यो बैंकको सेयरभाउ बढिरहेको छ। यो साताको अन्तिम दिनको कारोबार मूल्यअनुसार प्रतिकित्ता १४७७ रुपैयाँ कायम भएको छ।
धितोपत्र दोस्रो बजारमा हाल नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकृत छ।
बजार पुँजीकरणको हिसाबले नबिल बैंकपछि दोस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ९५ अर्ब रुपैयाा रहेको छ। लामो समयदेखि बजार पुँजीकरणमा पहिलो स्थानमा रहेको दूरसञ्चार कम्पनीलाई गत साता नबिल बैंकले उछिनेको थियो।
बजार पुँजीकरणका हिसाबले तेस्रो स्थानमा पुनर्बीमा कम्पनी रहेको छ। यो कम्पनीको १ खर्ब ७१ अर्ब बजार पुँजीकरण रहेको छ।
नेपाल लाइफ इन्स्योरेन्स १ खर्ब ४७ अर्ब बजार पुँजीकरणका साथ चौथो स्थानमा छ भने १ खर्ब ३२ अर्ब बजार पुँजीकरणका साथ नागरिक लगानी कोष पाँचौँ स्थानमा रहेको छ।
दोस्रो बजार मूल्यमा नबिल बैंकलाई पछ्याउने प्रयासमा रहेको एनआईसी एसिया बैंक र ग्लोबल आइएमई बैंकको कुल बजार पुँजीकरण क्रमशः १ खर्ब १९ अर्ब रुपैयाँ र १ खर्ब ५ अर्ब रुपैयाँमात्र रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago