काठमाण्डौ । चारवटा म्युचुअल फन्डहरुका लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ।

नबिल म्युचुअल फन्डका दुई र एनआईसी म्युचुअल फन्डका दुई गरी चार म्युचुअल फन्डका लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। ती म्युचुल फन्डहरुमा नबिल म्युचुल फन्डअन्तर्गत नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ तथा एनआईसी म्युचुल फन्डअन्तर्गतको एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्ड रहेका छन्। 

यी चारवटै म्युचुअल फन्डले भोलि (भदौ २५ गते) एक दिनका लागि बुक क्लोज गरेका छन्। यसको मतलब आज (भदौ २४ गते) सम्म कायम यी म्युचुअल फन्डका सेयरधनीहरु लाभांश प्राप्त गर्न योग्य हुनेछन्। 

गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई करसहित नबिल इक्विटी फन्डले ६ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड–२ ले ९ प्रतिशत, एनआईसी एसिया ग्रोथ फन्डले १२ प्रतिशत र एनआईसी एसिया ब्यालेन्स्ड फन्डले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।