काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले गत आर्थिक वर्ष २०७६/७७ प्रस्तावित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेका छन्।

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका यी दुवै म्युचुअल फन्डले यही भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका हुन्। यसको मतलब भदौ २४ गतेसम्म कायम इकाइधनीहरुमात्र यी दुई फन्डद्वारा प्रस्तावित प्रतिफल प्राप्तका लागि योग्य हुनेछन्। 

गत आर्थिक वर्षका लागि नबिल ब्यालेन्स्ड फन्ड २ ले करसहित ९ प्रतिशतले हुन आउने १० करोड ८ लाख रुपैयाँ र नबिल इक्विटी फन्डले करसहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ इकाइधनीहरुलाई प्रतिफलका रुपमा वितरण गर्ने प्रस्ताव गरिसकेका छन्।