काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२ र ब्यालेन्सड् फन्ड–३ को वित्तीय विवरण सार्वजनिक भएको हो। यी तीनै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) असोजमा घटेको छ।

असोजमा इक्विटी फन्डको न्याभ घटेर ९.९३ रुपैयाँ कायम भएको छ। गत भदौमा यो योजनाको न्याभ १०.१५ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ६ करोड रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी १ अर्ब ९ करोड रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल नोक्सानी ८ करोड २६ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ५ करोड ४४ लाख रुपैयाँ थियो।

असोजमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि सामान्य घटेर १०.१० रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ १०.३६ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब २ करोड रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी १ अर्ब ४ करोड रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल नोक्सानी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ४ करोड ८६ लाख रुपैयाँ थियो।

असोजमा ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि सामान्य घटेर ८.१३ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ ८.२८ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७९ करोड ६६ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी ८८ करोड ७१ लाख रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल नोक्सानी ५ करोड ५३ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ३ करोड ७० लाख रुपैयाँ थियो।