काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको मंसिर महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। 

मंसिरमा इक्विटी फन्डको न्याभ घटेर ९.५१ रुपैयाँ कायम भएको छ। गत कात्तिकमा यो योजनाको न्याभ ९.५६ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत मंसिरसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी १ अर्ब ७६ करोड रुपैयाँ थियो।

मंसिरमा यो योजनाको कुल नोक्सानी ७ करोड २३ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल नोक्सानी ६ करोड ५८ लाख रुपैयाँ थियो।

मंसिरमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर ९.४३ रुपैयाँ कायम भएको छ। गत कात्तिकमा न्याभ ९.५१ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत मंसिरसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब १ करोड रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो।

मंसिरमा यो योजनाको कुल नोक्सानी ७ करोड ४३ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल नोक्सानी ६ करोड ५६ लाख रुपैयाँ थियो।

यसैगरी मंसिरमा ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि सामान्य घटेर ८.२२ रुपैयाँ कायम भएको छ। गत कात्तिकमा न्याभ ८.२५ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत मंसिरसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७९ करोड ९४ लाख रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी ७० करोड ५ लाख रुपैयाँ थियो।

मंसिरमा यो योजनाको कुल नोक्सानी ४ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल नोक्सानी ३ करोड ९८ लाख रुपैयाँ थियो।

मंसिरमा फ्लेक्सी क्याप फन्डको न्याभ ९.९२ रुपैयाँ कायम भएको छ। यो योजनाअन्तर्गत मंसिरसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल ५ करोड ४७ लाख रुपैयाँ लगानी भएको छ। मंसिरमा यो योजनाको कुल नोक्सानी ३५ लाख ९२ हजार रुपैयाँ रहेको छ।