काठमाण्डौ । नबिल बैंकको पौने ५ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ। 

नबिल बैंकको संस्थापक समूहको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। 

यसअघि उक्त सेयर बैंकको संस्थापकहरुका लागि बिक्री खुला गरिएको थियो। तर, तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो। 

बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा कायम हुने बैंकले जनाएको छ।