काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ४ वटै योजनाको न्याभ घटेको छ।

साउनमा इक्विटी फन्डको न्याभ घटेर १०.५८ रुपैयाँ कायम भएको छ। गत असारमा यो योजनाको न्याभ १०.८१ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब २२ करोड रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो १ अर्ब २५ करोड रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल नोक्सानी २ करोड ८५ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल नाफा ८ करोड ९९ लाख रुपैयाँ थियो।

साउनमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर १०.६१ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ १०.९९ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ५ करोड रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब १३ लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल नोक्सानी ४ करोड २९ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल नाफा १० करोड ४ लाख रुपैयाँ थियो।

यसैगरी साउनमा ब्यालेन्सड् फन्ड–३ को न्याभ घटेर ८.९० रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ ९.१४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ९६ करोड ८८ रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल नोक्सानी ३ करोड २ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल नाफा ७ करोड १४ लाख रुपैयाँ थियो।

साउनमा फ्लेक्सी क्याप फन्डको न्याभ पनि घटेर ९.६९ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ ९.९० रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल ३३ करोड ६५ लाख रुपैयाँ लगानी भएको छ। गत असार कुल लगानी ३० करोड ४२ लाख रुपैयाँ थियो। 

साउनमा यो योजनाको कुल नोक्सानी १ करोड ३ लाख रुपैयाँ रहेको छ। गत असारमा यो योजनाको कुल नोक्सानी ४३ लाख १५ हजार रुपैयाँ रहेको थियो।