काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको भदौ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ४ वटै योजनाको न्याभ घटेको छ।

भदौमा इक्विटी फन्डको न्याभ घटेर १०.४४ रुपैयाँ कायम भएको छ। गत साउनमा यो योजनाको न्याभ १०.५८ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब २० करोड रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो १ अर्ब २२ करोड रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल नोक्सानी ४ करोड ५६ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल नोक्सानी २ करोड ८५ लाख रुपैयाँ थियो।

भदौमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर १०.२९ रुपैयाँ कायम भएको छ। गत साउनमा न्याभ १०.६१ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब १ करोड रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी १ अर्ब ५ लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल नोक्सानी ७ करोड ८७ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल नोक्सानी ४ करोड २९ लाख रुपैयाँ थियो।

यसैगरी भदौमा ब्यालेन्सड् फन्ड–३ को न्याभ घटेर ८.७६ रुपैयाँ कायम भएको छ। गत साउनमा न्याभ ८.९० रुपैयाँ थियो।

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ९४ करोड ९६ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ९६ करोड ८८ लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल नोक्सानी ४ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल नोक्सानी ३ करोड २ लाख रुपैयाँ थियो।

भदौमा फ्लेक्सी क्याप फन्डको न्याभ पनि घटेर ९.५६ रुपैयाँ कायम भएको छ। गत साउनमा न्याभ ९.६९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल ३४ करोड ४५ लाख रुपैयाँ लगानी भएको छ। गत साउन कुल लगानी ३३ करोड ६५ लाख रुपैयाँ थियो। 

भदौमा यो योजनाको कुल नोक्सानी १ करोड ६७ लाख रुपैयाँ रहेको छ। गत साउनमा यो योजनाको कुल नोक्सानी १ करोड ३ लाख रुपैयाँ रहेको थियो।