काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ४ वटै योजनाको न्याभ घटेको छ।

असोजमा इक्विटी फन्डको न्याभ घटेर १०.३३ रुपैयाँ कायम भएको छ। गत भदौमा यो योजनाको न्याभ १०.४४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल लगानी घटेर ९१ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ। गत भदौसम्म कुल लगानी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

असोजमा यो योजनाको कुल नोक्सानी ५ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ४ करोड ५६ लाख रुपैयाँ थियो।

असोजमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर ९.०६ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ १०.२९ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल लगानी घटेर ९८ करोड ४ लाख रुपैयाँमा झरेको छ। गत भदौसम्म कुल लगानी १ अर्ब १ करोड रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल नोक्सानी १० करोड ९३ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ७ करोड ८७ लाख रुपैयाँ थियो।

यसैगरी असोजमा ब्यालेन्सड् फन्ड–३ को न्याभ घटेर ८.५४ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ ८.७६ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल लगानी घटेर ९० करोड ९९ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म कुल लगानी ९४ करोड ९६ लाख रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल नोक्सानी ७ करोड ५३ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ४ करोड ७७ लाख रुपैयाँ थियो।

असोजमा फ्लेक्सी क्याप फन्डको न्याभ पनि घटेर ९.४१ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ ९.५६ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल ३४ करोड ८२ लाख रुपैयाँ लगानी भएको छ। गत भदौ कुल लगानी ३४ करोड ४५ लाख रुपैयाँ थियो। 

असोजमा यो योजनाको कुल नोक्सानी ३ करोड ४३ लाख रुपैयाँ रहेको छ। गत भदौमा यो योजनाको कुल नोक्सानी १ करोड ६७ लाख रुपैयाँ रहेको थियो।