काठमाण्डौ । निजी क्षेत्रको बलियो बैंकका रुपमा रहेको नबिल बैंकको रु. २ अर्बबराबरको ऋणपत्र मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

‘१०% नबिल बैंक डिबेन्चर–२०८२’ का २० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । करिब ४ महिनाअघि नबिल बैंकले रु. १ हजारअंकित दरका २० लाख इकाइ ऋणपत्र बिक्री गरेको थियो। कुल निष्कासन गरिएका इकाइमध्ये ८ लाख इकाइ सर्वसाधारणतर्फ र बाँकी १२ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिएको थियो।

यो ऋणपत्रमा लगानी गरेकाले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन्। ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुने बैंकले जनाएको छ। 

सातवर्षे अवधिको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिडेड रहेको थियो।