काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ।
गत साउन १० गतेबाट नबिल बैंकको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रमा आवेदन खुला गरिएको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते भनिएको छ। अब यो ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन खुला रहने धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ। यो अवधिभित्र मागभन्दा बढी आवेदन परेमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरेको छ।
कुल इकाइमध्ये१८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणलाई निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत जेठ ११ गते निष्कासन अनुमति दिएको थियो। सातवर्षे यस ऋणपत्रमा लागनीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago