काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने रु. १ अर्बको नबिल ब्यालेन्सड् फन्ड ३ का इकाइहरु यही भदौ २५ गतेबाट बिक्री खुला गरिने भएको छ।
बन्दमुखी यस योजनाका प्रतिइकाइ मूल्य १० दरका कुल १० करोड इकाइ बिक्री गर्न लागिएको हो। कुल इकाइको १५ प्रतिशतमध्ये १४ प्रतिशतले हुन आउने न्यूनतम १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक नबिल बैंकलाई र १ प्रतिशतले हुन आउने न्यूनतम १० लाख इकाइ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २९ गते र ढिलोमा असोज ८ गते बैंकिङ समयपछि हुने भनिएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
दसवर्षे यस योजनालाई धितोपत्र बोर्डले गत साउन २९ गते निष्कासनको अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19