काठमाण्डौ । गत आर्थिक वर्षको नगद प्रतिफलका लागि नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको इकाइ मूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को इकाइमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिइकाइ नबिल इक्विटी फन्डको ११.५४ रुपैयाँ र नबिल ब्यालेन्स्ड फन्ड–२ को ११.०४ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ इक्विटी फन्डको १५.५४ रुपैयाँ र ब्यालेन्स्ड फन्ड–२ को १४.५४ रुपैयाँ रहेको थियो। अब दुवै योजनाका इकाइहरु समायोजित मूल्यअनुसार नै कारोबारमा आउनेछन्।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले यी दुवै योजनाको प्रतिफल वितरण प्रयोजनका लागि आज असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज १० गतेसम्म कायम इकाइधनीहरुमात्र यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन्।
गत आर्थिकको मुनाफाबाट नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार इकाइधनीहरुलाई ५० करोड रुपैयाँ बाँडिनेछ।
यसैगरी नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार ३९.२ करोड इकाइधनीहरुलाई बाँडिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19