काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडद्वारा सञ्चालित नबिल म्युचुल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७६/७७ को प्रतिफल घोषणा गरिएको छ।

नबिल इन्भेस्टमेन्टको हिजो बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले दुवै म्युचुअल फन्डको प्रतिफल घोषणा गरेको हो। 

बैठकले नबिल ब्यालेन्स्ड फन्ड २ का इकाइधनीहरुलाई करसहित ९ प्रतिशतका दरले हुन आउने १० करोड ८ लाख रुपैयाँ र नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरिएको छ।