काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भविष्यमा सञ्चालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहकसमेतलाई लक्षित गरी आन्तरिक प्रयोजनका लागि नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भई कारोबार भइरहेका कम्पनीमध्ये विभिन्न आधारभूत सूचकका आधारमा छनौटमा परेका ३१ वटा कम्पनीको अन्तिम मूल्यका आधारमा तयार गरिने NI31 तयार गर्ने भएको छ। 

छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारका आधारमा तयार गरिने NI31 दैनिक रुपमा कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ। 

यस्तो सेवाबाट आमलगानीकर्तालाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ।

नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से इन्डेक्स भारित औषत पुँजीगत मूल्यका आधारमा तयार हुन्छ भने NI31 नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भई दैनिक रुपमा कारोबार भइरहेका हरेक सेक्टरका कम्पनीहरुमध्येबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनी छनौट गरी अन्तिम मूल्यका आधारमा तयार हुने कम्पनीले जनाएको छ। 

यसरी NI31 ले लगानीकर्तालाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकका आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से इन्डेक्सको भारित पुँजीगत औषतका कमीकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनीको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजीबजारको अध्ययन गर्नसमेत NI31 ले सहयोग पुर्याउने विश्वास कम्पनी लिएको छ।  

विस्तृत जानकारीका लागि https://nabilinvest.com.np/news/frequently-asked-questions-ni-31 मा क्लिक गरी वा फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सन नम्बर १५६, १६५ र १३१) सम्पर्क गर्न कमपनीले आग्रह गरेको छ।