काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको असार मसान्तसम्म वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ को वित्तीय विवरण सार्वजनिक भएको हो। 

असारमा नबिल इक्विटी फन्डको न्याभ बढेर १०.५९ रुपैयाँ पुगेको छ। जेठमा न्याभ १०.४५ रुपैयाँ थियो। 

असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी घटेर ९० करोड ९० लाख रुपैयाँ सीमित बनेको छ। गत जेठमा सूचीकृत सेयरमा लगानी ९३ करोड ७८ लाख रुपैयाँ थियो। ऋणपत्रमा लगानी ११ करोड १४ लाख रुपैयाँ छ। 

असार मसान्तसम्म यो योजनाबाट कुल १ अर्ब १५ करोड रुपैयाँ लगानी भएको छ। जेठमा कुल लगानी १ अर्ब १७ करोड रुपैयाँ थियो। 

असारमा यस योजनाको कुल नोक्सानी ४२ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत जेठमा ४४ करोड १५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। 

असारमा नबिल ब्यालेन्सड् फन्ड–२ को न्याभ बढेर १०.८५ रुपैयाँ पुगेको छ। जेठमा न्याभ १०.६४ रुपैयाँ थियो। 

असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी बढेर ८६ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा लगानी ८६ करोड ५ लाख रुपैयाँ थियो। ऋणपत्रमा लगानी २० करोड ५८ लाख रुपैयाँ छ। 

असार मसान्तसम्म यो योजनाबाट कुल १ अर्ब ११ करोड रुपैयाँ लगानी भएको छ। जेठमा कुल लगानी १ अर्ब ९ करोड रुपैयाँ थियो। 
असारमा यस योजनाको कुल नोक्सानी ३५ करोड ८५ लाख रुपैयाँ रहेको छ। गत जेठमा ३८ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। 

असारमा नबिल ब्यालेन्सड् फन्ड–३ को न्याभ बढेर ९.५८ रुपैयाँ पुगेको छ। जेठमा न्याभ ८.४८ रुपैयाँ थियो। 

असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी बढेर ६२ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा लगानी ६० करोड २५ लाख रुपैयाँ थियो। ऋणपत्रमा लगानी ५ करोड ७० लाख रुपैयाँ छ। 

असार मसान्तसम्म यो योजनाबाट कुल ८७ करोड ३९ लाख रुपैयाँ लगानी भएको छ। जेठमा कुल लगानी ८३ करोड २ लाख रुपैयाँ थियो। 

असारमा यस योजनाको कुल नोक्सानी १७ करोड ८० लाख रुपैयाँ रहेको छ। गत जेठमा १९ करोड १ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।