काठमाण्डौ । सरकारले केही जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ।

आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन्। ‘बूढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक/एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिनेछ’, उनले भने। 

शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक/एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने जानकारी दिए।