काठमाण्डौ । सरकारले देशका सबै ७७ जिल्लामा कोरोना भाइरसका संभावित संक्रमितहरुको स्वास्थ्य परीक्षणलाई तीव्र पारेको छ ।
यही तीव्रतासँगै पछिल्लो समय दैनिक सयौंको संख्यामा परीक्षणहरु हुन थालेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो समय आरडिटी र पीसीआर परीक्षणलाई तीव्र पारिएको छ ।
हालसम्म पीसीआरबाट नमूना परीक्षण भएको संख्या ८ हजार ७६३ पुगेको छ । गत २४ घण्टामा ३३३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
यस्तै, हालसम्म कुल २७ हजार ९५६ वटा आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८०८ जनाको आरडिटी परीक्षण भएको छ ।
केही दिनअघिसम्म दैनिक ५०० हाराहारीमा सीमित आरडिटी परीक्षण बढाएर सरकारले २ हजार माथि पुर्याएको देखिएको हो । यो गतिलाई अझै तीव्र पार्ने सरकारी तयारी छ ।
यसरी हेर्दा हालसम्म आरडिटी र पीसीआरबाट समेत गरी कुल ३६ हजार ७१९ वटा परीक्षण भइसकेको छ ।
कुन प्रदेशमा कति परीक्षण ?
पहिलो चरणको र छिटोछरितो परीक्षण विधि ठानिएको आरडिटीबाट हालसम्म सबैभन्दा सुदुरपश्चि प्रदेशमा ६ हजार १७७ बढीको नमूना परीक्षण भइसकेको छ ।
त्यसपछि बागमति प्रदेशमा परीक्षण भएको देखिएको छ । हालसम्म यो प्रदेशमा ५ हजार १९७ वटा नमूना परीक्षण भएको हो ।
गण्डकी प्रदेशमा ४ हजार १८३ नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, कर्णाली प्रदेशमा ३ हजार ७३८, प्रदेश नम्बर २ मा ३ हजार ५९८, प्रदेश १ मा २ हजार ६२० र प्रदेश नम्बर ५ मा २ हजार ४८३ वटा नमूना परीक्षण भइसकेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago