काठमाण्डौ । नयाँ वर्ष २०२२ विश्वका सेयर बजारहरु खासै उत्साहजनक रहन सकेको छैन। नयाँ वर्ष लागेयताको ६ महिनाको तथ्यांकलाई हेर्ने हो भने विश्वका अधिकांश सेयर बजार ओरालो लागेका छन्। 

गत वर्ष खासगरी कोभिड प्रभावले बढोत्तरी आएको विश्व सेयर बजारमा यो वर्षको ६ महिनामा २३ प्रतिशतभन्दा बढीले गिरावट आइसकेको छ। 

अमेरिकाको डाउजोन नयाँ वर्षको पहिलो कारोबारमा ३६८९५ को विन्दु बन्द भएको थियो। पछिल्लो कारोबारमा ३२८९८ को विन्दुमा बन्द भएको छ। यो भनेको १०.८ प्रतिशले गिरावट हो। 

त्यसैगरी अमेरिकाकै एस एन्ड पी ५०० नयाँ वर्षको पहिलो कारोबारमा ४८०९ मा बन्द भएको थियो। पछिल्लो कारोबारमा ४१०८ मा बन्द भएको छ। यो भनेको १४.५७ प्रतिशतले गिरावट हो। 

उता जर्मनीको ड्याक्स नयँ वर्षको पहिलो कारोबारमा १६४६० मा बन्द भएको थियो। अहिले १४४६० मा बन्द भएको छ। यो भनेको २३.७५ प्रतिशतले गिरावट आएको छ। 

अमेरिकाकै नास्डक १०० नयाँ वर्षमा  १६४७० को विन्दुमा रहेकोमा पछिल्लो कारोबारमा १२५४८ मा बन्द भएको छ। यो भनेको २३.८ प्रतिशतले गिरावट हो। 

जापानको निक्की २२५ नयाँ वर्षमा २९२९० को विन्दुमा रहेकोमा अहिले २७७६१ को विन्दुमा रहेको छ। यो भनेको ५ प्रतिशतको गिरावट हो। भारतको सेन्सेक्स नयाँ वर्षको पहिलो कारोबारमा ६१४६१ को विन्दुमा बन्द भएको थियो। पछिल्लो कारोबारमा ५५७६९ को विन्दुमा झरेको छ। यो भनेको ९ प्रतिशतको गिरावट हो। 

नेपालको सेयर बजारको कुरा गर्ने हो भने नेप्से नयाँ वर्ष २०२२ को पहिलो कारोबारमा २५८८ को विन्दुमा थियो। गत शुक्रबार २०७८ को विन्दुमा बन्द भएको छ। पछिल्लो ६ महिनामा नेप्से १९.७० प्रतिशतले घटेको छ।