काठमाण्डौ । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षमा नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया अगाडि बढाउने भएको छ ।
बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेको हो ।
एक मात्र स्टक एक्सचेञ्ज हुँदा उसको एकाधिकार कायम भएको र यसले लगानीकर्ताले भनेजस्तो सेवा सुविधा नपाएका गुनासो आएसँगै विगत लामो समयदेखि नयाँ स्टक एक्सचेञ्ज स्थापनाको मुद्धा बहसमा थियो । यो विषयमा नीतिगत व्यवस्था भए पनि कार्यान्वयनको प्रक्रिया अगाडि बढेको थिएन ।
यो मुद्धालाई कार्यान्वयन गर्न बोर्डले आगामी आर्थिक वर्षमा नयाँ एक्सचेञ्ज स्थापनाको प्रक्रिया अगाडि बढाइने घोषणा गरेको हो ।
यस्तै, बोर्डले आगामी आबदेखि नै दुईवटा बस्तु विनिमय बजारलाई अनुमति दिई संचालनमा ल्याइने घोषणा समेत गरेको छ ।
यस्तै, संगठित संस्थालाई धितोपत्रको निश्कासन प्रिमियम मूल्यमा जान पाउने कम्पनीको सेयरको धितोपत्रको प्रारम्भिक सार्वजनिक निश्कासनमा प्रतिस्पर्धात्मक रुपमा मूल्य निर्धारणका लागि बुक बिल्डिङ प्रणालीलाई प्रयोगात्मक रुपमा कार्यान्वयनमा ल्याउने घोषणा समेत गरिएको छ ।
बोर्डले घोषणा गरेका अधिकांश कार्यक्रम पुरानै छन् । नयाँ कार्यक्रम निकै न्यून छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago