-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सेयर बजारका सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवालले नयाँ स्टक एक्सचेञ्ज ल्याउन ५ अर्ब रुपैयाँको चलखेल सुरु भएको आरोप लगाएका छन् ।

नेपाल सेयरधनी संघको प्रथम वार्षिक साधरण सभामा बोल्दै अग्रवालले यस्तो आरोप लगाएका हुन् ।अग्रवालले भने, ‘धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले साधारण लगानीकर्तालाई भ्रममा राख्ने काम गरेको पनि उनले आरोप लगाए ।

हमालले ब्रौकरेज फि कम गर्छु, हकहित रक्षा गर्छु  भन्छन् तर त्यो काम आजसम्म भएको छैन । अव उनको कार्यकाल २ महिना मात्रै रहेको छ । उनले अब केही गर्नेवाला छैनन् हामी सतर्क हुनुपर्छ ।’ 
 

उनले ठूलाले नै नियामकसँग मिलेर इन्साइडिङ ट्रेडिङ गरेको आरोप पनि लगाए । उनले भने, ‘यही कारणले अहिले ६० लाख लगानीकर्ता सडकमा पुगेका छन् । नयाँ स्टक एक्सचेञ्जमा चलखेल गर्नु भन्दा टीएमएसमा लगागनी गर्न उपयुक्त हुन्छ ।’
 

अहिले मारबाडी समूहमाथि हमाला हुँदा बजार नबढेको पनि उनको तर्क थियो । सवै मारबाडी खराब नभएको र सबैलाई एउटै डालोमा राखेर गाली गर्न उचित नभएकोमा अग्रवालले जोड दिए । 
 

कार्यक्रममा नेपाल इन्भेष्टर फोरमका निबर्तमान अध्यक्ष छोटेलाल रौनियारले सेयर लगानीकर्ताले उच्च बिन्दुबाट हालसम्म १८ खर्ब रुपियाँ गुमाएको बताएका छन् । रौनियारले नीतिगत सुधान नहुँदा लगानीकर्ता सडकमा पुगेको पनि आरोप लगाए ।
 

उनले भने, ‘सवैतर्फ राजनीति भागभण्डा छ । खुट्टा तानातान छ । यस्तो अवस्थामा सेयर लगानीकर्ताहरुले पनि एउटै महासँघ बनाउनु पर्नेमा उनले जोड दिए । त्यसैगरी स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष सुसिल कुमार लुनियाँले पूँजीबजारमा धेरै सँस्था हुँदा आफूहरु कमजोर भएको र महासँघ बनाउनु पर्नेमा जोड दिए ।

नेपालको पुरानो सँस्था नेपाल धितोपत्र सँघका अध्यक्ष प्रकाश रजौरेले पनि पूँजीबारमा सवैतर्फबाट व्यवधान खडा भएकोले सबै लगानीकर्ता सजग र सचेत हुनुपर्ने बताए । 

कार्यक्रममा प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्यालले टीएमएस र मेरो सेयरमा सिन्क्रोनाइज नहुँदा टी प्लस टुमा सेयर कारोबार गर्न नमिलेको बताए । उनले भने, ‘बरु टी प्लस टुभन्दा पहिले आजको भोलि नै सेयर बेच्न मिल्थ्यो तर अहिले नमिल्ने अवस्था भयो ।’

अहिले पूँजीबजारमा सेयर सप्लाईको समस्या रहेको पनि उनले बताए । सेयर लगानीकर्ता तिलक कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालै लगानीकर्ताहरुले हालेको मुद्दामा सबैले साथ र सहयोग गर्नुपर्ने बताए । 

उनले सेयर लगानीकर्ताले छुट्टाछुट्टै भान्साघर बनाउनुभन्दा एउटै बनाएर अगाडी बढ्नु पर्नेमा पनि जोड दिए । सेयर लकिङको समय तीन वर्षको ठाँउमा अव १८ महिना नै हुन लागेकोमा उनले चिन्त व्यक्त गरे । उनले भने, ‘यदि त्यसो भएमा लगानीकर्ताले एक दिन डीम्याट खाता नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

कार्यक्रममा नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारीले  नेपाल सेयर धनी संघ १० महिनामा नै हरेक वर्ष साधारणसभा गरेर नेतृत्व चयन गर्नेमा पहिलो बनेको र यसलाई सवैको साथ र सहयोग आवश्यक रहेका बताए ।
 

स्वतन्त्र पूँजीबजार सुधार संघका संयोजक उपेन्द्र पाठकले नेपाल राष्ट्र बैंको नीति समय सापेछ सुधार हुँदै जाने भएकोले लगानीकर्ता हतोत्साहित नहुन आग्रह गरे । उनले भने, राष्ट्र बैंकको नीति परिवर्तन हुँदै गएको छ र आउने दिनमा पनि परिवर्तन हुन्छ । त्यसैले लगानीकर्ता आशाबादी रहन आवश्यक छ ।’
उनले विगत २ वर्षमा पूँजीबजारबाट एकमात्रै व्यक्ति रमेशकुमार हमालले कमाएको पनि दाबी गरे ।

नेपाल सेयरधनी संघका सल्लाहकार मुक्ति अर्यालले धितोपत्र बोर्डले सामाजिक सञ्जाल र प्राविधिक विश्लेषकहरुलाई नियन्त्रण गर्न लागेकोमा आपत्ती जनाए । उनले भने, ‘यदि यसमा केहि गर्ने नै हो भने पनि सल्लाह गरेर मात्रै धितोपत्र बोर्डले ल्याओस ।’
 

उनले प्राइभेट इक्विटी भेञ्चर क्यापिटललाई एक वर्षमा नै आईपीओ ल्याउन दिनु गतल रहेको बताए । कार्यक्रममा नेपाल सेयरधनी संघका निवर्तमान अध्यक्ष नानीबाबु खरेलले सहभागीहरुलाई स्वागत गर्दै आसन्न दसैंतिहार तथा छठको शुभकामना दिएका थिए ।