काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज(वस्तु विनिमय बजार) सञ्चालन गर्न चाहनेहरुका लागि १० दिनको समय दिंदै आवेदन आह्वान गरेको छ । 

बोर्डले गत असोज २ गते एक सूचनामार्फत धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिस एवम् वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न बोर्डको पूर्व स्वीकृतिका लागि आवेदन माग्दै ४५ दिनको समय दिएको थियो । 

तर यो प्रक्रियाविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले कात्तिक ४ गते अल्पकालीन आदेशबाट सबै प्रक्रिया यथास्थितिमा राख्न भनेको थियो । त्यसपछि रोकिएको लाइसेन्स वितरणको यो प्रक्रिया सर्वोच्च अदालतले चैत २६ गते रिट खारेज गरेसँगै धितोपत्र बोर्डले पुनः सुरु गरेको हो । 

बोर्डका अनुसार साविकको सूचनाअनुसार तोकिएको ४५ दिनको म्यादमध्ये बाँकी रहेको १० दिनभित्र  नयाँ स्टक एक्सचेञ्ज र बस्तु बिनिमय बजार कम्पनी स्थापनाका लागि आवेदन मागेको हो । 

बोर्डका एक अधिकारीका अनुसार  एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका लागि इच्छुक कम्पनीहरुसँग आवेदन मागेसँगै रोकिएको सबै प्रक्रिया सुचारु भएको छ । 

बोर्डले आज प्रकाशित गरेको सूचना: