काठमाण्डौ। नेपाली नयाँ वर्ष २०७९ का अवसरमा काठमाण्डौमा सडक महोत्सव आयोजना हुने भएको छ।
कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्वद्धन’ भन्ने मूल नारासहित काठमाण्डौको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो। नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यअन्तर्गत यो महोत्सव संयुक्त रुपमा वैशाख ३ शनिबार आयोजना गर्न लागेको हो। महोत्सवको सहप्रायोजकमा गोरखा ब्रुअरी रहेको छ।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवलाई नेपाली नयाँ वर्षका अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गरिनेछ।
यो महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुति गरिनेछ। वैशाख ३ गते बिहान १० बजे सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुति गरिनेछ। दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।
महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो संदेशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए। राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठूलो संदेश जाने आशासमेत उनले गरे। कसरी थलिएको अर्थतन्त्र, उद्योग व्यवसायमा सकारात्मक ऊर्जा प्रवाह गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोल्छाले स्पष्ट पारे।
यस महोत्सवका लागि महासंघसँग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘कोभिड महामारीका कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छैन। आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवर्द्धन गर्दै पुनरुत्थानमा सहयोग पुर्याउन महासंघसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौँ।’
महोत्सवको सोही दिन बिहान ११ः३० बजे औपचारिक शुुभारम्भ गर्ने कार्यक्रम छ। त्यसपछि बेलुका ८ः१५ बजेसम्म मनोरञ्जनात्मक प्रस्तुतिहरु हुुनेछन्। महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई विथ ब्यान्ड, सुवानी मोक्तान, सन्दीप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य समूहहरु जस्तै– सृष्टि केसी एन्ड ब्लाइन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ–आफ्ना प्रस्तुतिहरु दिनेछन्। यसका साथै सातै प्रदेशबाट विभिन्न जातजातिको साँस्कृतिक नृत्यहरु दरबारमार्गआसपासका सडकमा प्रस्तुति गरिनेछ।
कार्यक्रमको मुख्य आकर्षणका रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकार र नेपाली उत्पादनहरुको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शनसमेत गरिनेछ। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्। महोत्सव क्षेत्रमा बालबालिकाका लागि छुट्टै किड्स जोनको व्यवस्था गरिएको छ।
महोत्सवमा हुने स्टलहरुमध्ये केही स्टलहरुमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्ताकलाका वस्तुहरुलाई पनि प्रदर्शनीमा राखिनेछ।
विश्वभरि महामारीका रुपमा पैmलिरहेको कोभिडबाट शिथिल भएको व्यापार–व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ।
कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम गरीरहेको महासंघको यो प्रयास पनि त्यसैको शृंखलाका रुपमा रहेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड संकटबाट विस्तारै तङग्रने क्रममा रहेका उद्योग व्यवसाय माथि विद्युत कटौतीको समस्याले थप समस्या निम्ताएको बताए। संकटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन दरबारमार्ग महोत्सवले ठूलो सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे।
महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, एनसेलका कर्पोरेट कम्युनिकेस एन्ड सीएसआर विशाखा लक्ष्मी खड्का, ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर अनुुषा प्राधानाङ्गको उपस्थिति रहेको पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति नरेन्द्र खड्काले स्वागत मन्तव्य र रेवानका अध्यक्ष एवं महासंघको वस्तुुगत परिषदका सहसभापति अरनिको राजभण्डारीले महोत्सवका बारेमा विस्तृत जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा रोयल स्टेगका रविन्दर सैनी, दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकाल, एनआईसी एसियाका सरद तुलाधर, माल्टा इन्टरनेसनलका विजय सुवाल, एनसेलका वरिष्ठ अधिकारीहरु र महासंघका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago