– अर्जुन तिमिल्सिना
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा नयाँ आर्थिक वर्ष २०७९/८० बाट सेन्ट्रल केवाईसी व्यवस्था गरिने भएको छ।
सीडीएससीले सेन्ट्रल केवाईसीको व्यवस्था लागू गर्न अन्तिम तयारी गरिरहेको छ। नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनबमोजिम नै सीडीएससीले सेन्ट्रल केवाईसीको व्यवस्था लागू गर्न लागेको हो।
पुँजीबजारमा सक्रिय लगानीकर्ताले हाल केवाईसी ब्रोकर, क्यापिटल र डीपीमा छुट्टाछुट्टै भर्नुपर्ने अवस्था छ। सेन्ट्रल केवाईसीको व्यवस्था भएपछि हरेक ठाउँमा छुट्टाछुट्टै केवाईसी भर्नुपर्ने झन्झटको अन्त्य हुनेछ।
सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले नयाँ आर्थिक वर्षबाट लागू हुने गरी सेन्ट्रल केवाईसीको काम अन्तिम चरणमा पुगेको बताए। ‘हाललाई सेन्ट्रल केवाईसी धितोपत्र कारोबारका लागिमात्र लागू हुनेछ’, उनले भने, ‘धितोपत्र कारोबारमा विश्वसनीय भएपछि बैंक तथा वित्तीय संस्था पनि लागू गर्न सक्छन्।’
सेन्ट्रल केवाईसीको परीक्षण गर्ने काम सकिएको सीईओ आचार्यले बताए। ‘सेन्ट्रर केवाईसी अहिले लिइने पान नम्बरजस्तै हुनेछ’, उनले भने, ‘उक्त नम्बरका आधारमा जहाँ आवश्यकता हुन्छ त्यहीँ ग्राहकको पहिचान गर्न सकिन्छ।’
सेन्ट्रल केवाईसीमा पनि ग्राहकको स्थायी तथा अस्थायी ठेगानादेखि पारिवारिक विवरण, फोन नम्बर, ई–मेल आईडी, फोटोजस्ता पहिचान खुल्ने विवरण भरिन्छ।
सेन्ट्रल केवाईसी बैंक तथा वित्तीय संस्थामा लागू गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिनुपर्छ । यो एउटा सरकारी निकायले तयार गरेको व्यवस्था भएकोले अर्को सरकारी निकायले पनि मान्यता दिनुपर्ने आचार्यको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19