काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले उकालो लागेको छ।
आज बजारमा सामान्य अंकको उतारचढाव भएको थियो। अन्तिम समयमा बजार १.९३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०११.३९ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ अंकले बढेर ३८५.९३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट बजार विस्तारै माथि नै जाने बताउँछन्। ‘किनकि आयात रोकिएको छ, तेलको मूल्य घटेको छ’, उनले भने, ‘यी कारणले तरलता बढ्ने र सीडी रेसियो मेन्टेन हुने देखिन्छ।’
अब बैंकहरुबाट १ करोड रुपैयाँसम्म लोन पाउने अवस्था रहेको बिष्ट बताउँछन्। ‘मौद्रिक नीति कसिलो नै आउन सक्छ तर यसले बजारमा केही अंक करेक्सन होला’, उनले भने, ‘यद्यपि तरलता सहज भएकोले बजार माथि नै जान्छ।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजारमा लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा रहेको बताउँछन्। ‘आज बजारमा बेच्न र किन्न दुवै नचाहेको देखिन्छ’, उनले भने।
‘राष्ट्र बैंकका डेपुटी गभर्नरले यो साताभित्रै मौद्रिक नीति आउने बताएका छन्’, कँडेलले भने, ‘मौद्रिक नीतिमा बजारलाई प्रभाव पार्ने नेगेटिभ कुरा नआउला भन्ने छ।
मौद्रिक नीति बजार अनुकूल आएमा बजारले राम्रो गति लिन सक्ने कँडेलको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन लगानी समूह सर्वाधिक ०.९१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६३ प्रतिशत, व्यापार समूहमा ०.४२ प्रतिशत र जीवन बीमा समूहमा ०.१६ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.१२ प्रतिशतले घट्दा विकास बैंक समूह ०.०४ प्रतिशत, वित्त समूहमा ०.७३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशत, अन्य समूहमा ०.७३ प्रतिशत, लघुवित्त समूहमा ०.३९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१० कम्पनीका ३० लाख ४५ हजार ८८९ कित्ता सेयर १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अप्पर तामाकोशीको सर्वाधिक ६ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ४ करोड ६५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ५६ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ४६ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ७५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ६२ लाख रुपैयाँ, राधी विद्युतको २ करोड ५७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४० लाख रुपैयाँ र अपी पावरको २ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन राधनी विद्युत कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले उकालो लागेको छ।
आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७.५ प्रतिशतले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago