काठमाण्डौ । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालको प्रतिनिधिमण्डलले आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पुँजीबजारको विकास र विस्तारका लागि पहल गरिदिन आग्रह गरेको छ।
अध्यक्ष ओलीलाई १६ बुँदे ज्ञापनपत्र बुझाउँदै एसोसिएसनको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेका हुन्।
सर्वोच्च अदालतको आदेशलाई उल्लंघन गरेर अर्थ समितिले दिएको पूर्वाग्रपूर्ण, सीमित व्यवसायीको सिन्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै आफ्नो दलका तर्फबाट नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गर्न आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिन अध्यक्ष ओलीसमक्ष विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
यसैगरी एमालेका तर्फबाट अर्थ समितिमा संलग्न सांसदहरुलाई नेपालको पुँजीबजार सुधार तथा बजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व गर्ने निर्देशन प्रदान गर्न पनि एसोसिएसनले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19