काठमाण्डौ । मेक्सिकोमा नवजात तिम्ल्याहा शिशुहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।
यी तिम्ल्याहाहरु जन्मेको एक घन्टामै गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो। यी शिशुहरुलाई जन्मेपछि कसैको सम्पर्कमा थिएनन्। तैपनि उनीहरुमा संक्रमण देखिएपछि चिकित्सकहरु आश्चर्यमा परेका छन्।
वैज्ञानिकहरुले भने यी शिशुहरुमा कोरोना संक्रमण देखिएपछि यो पत्ता लगाउन मद्दत पुग्नेछ कि गर्भमै आमाबाट ती शशुहरुमा संक्रमण सरेको हुन सक्छ। नवाजत तीन शिशुमध्ये दुईको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन्। एक शिशुमा भने श्वासप्रश्वासको समस्या देखिएको बताइएको छ।
अस्पतालका चिकित्सकहरुका अनुसार ती शिशुका आमाबुवा संक्रमित भएका हुन सक्छन् तर उनीहरुमा लक्षण देखिएको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago