काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रपति भवन शतील निवासमा भएको समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराएका हुन्। आज सपथ लिनेमा कांग्रेसबाट चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबाट १–१ जनालाई मन्त्री छन्। 

सपथ लिनेमा नवनियुक्त मन्त्रीहरुमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का (उपप्रधान तथा रक्षा), डा. प्रकाशशरण महत (अर्थ), रमेश रिजाल (उद्योग वाणिज्य तथा आपूर्ति) र सीता गुरुङ (सहरी विकास) छन्। 

त्यसैगरी नवनियुक्त मन्त्रीहरु जनता समाजवादी पार्टी (जसपा)का अशोक राई .शिक्षा विज्ञान तथा प्रविधि), एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल (कृषि तथा पशुपन्छी विकास) र उपमहासचिव प्रकाश ज्वाला (भौतिक पूर्वाधार तथा यातायात) छन्। माओवादी केन्द्रबाट मन्त्री बनेका शक्ति बस्नेत (ऊर्जा, जलस्रोत तथा सिँचाइ)ले सपथ लिएका छन्। 

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ। यसअघि भौतिक पूर्वाधार मन्त्रालयका सम्हालेका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।