काठमाण्डौ । युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन चौधरी फाउन्डेसनले स्वरोजगार युवा अभियान संञ्चालन गरेको छ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दे फाउन्डेशनले यो अभियान पश्चिम नवलपरासीको प्रतापपुर वडा नम्बर ७ सूर्यपुरामा सुरु गरेको हो। चौधरी फाउन्डेसन र सिजी पोलिटेक्निकको आयोजनामा सुरु भएको अभियानले युवाहरुलाई सीप प्रदान गर्ने र उनीहरुलाई स्वरोजगार बनाउनु मुख्य उद्देश्य रहेको सिजी पोलिटेकका अध्यक्ष निर्वाण चौधरीले बताए।
कार्यक्रम उद्घाटन गर्दै चौधरीले अब नवलपरासी क्षेत्रका युवाहरुलाई सीप प्रदान गरेर उनीहरुमा सीप विकास गर्ने बताए। ‘कयौँ युवाहरु विदेश जान्छन्, सीप अभावले समस्यामा परेका हुन्छ’, उनले भने, ‘यस्ता युवालाई देशमै सीपको विकास गराएर देशमै रोजगारको व्यवस्था मिलाउने अभियानमा छौँ।’
अध्यक्ष चौधरीले नेपालमा सबैभन्दा बढी वैदेशिक रोजगारमा जाने प्रदेशमध्ये लुम्बिनी प्रदेश रहेको र त्यसमा पनि नवलपरासी क्षेत्र रहेको हुँदा यो समस्या अन्त्य गर्न पनि युवाहरु सरल तरिकाले तालिम प्रदान गर्न नवलपरासीमा शाखा संञ्चलनमा ल्याएको बताए। तालिम केन्द्रमा युवाहरुलाई विशेषगरी प्राविधिक क्षेत्रअन्तर्गतका सीपहरु प्रदान गरिने सिजी पोलिटेकका प्रिन्सिपल शिवहरि ढकालले जानकारी दिए। उनका अनुसार नवलपरासीमा युवाहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउनु, मेकानिकल पिटर, इन्डस्ट्रियल, इलेक्ट्रिसियन कार्यक्रम संञ्चालन गर्ने विदेश जाने युवाहरुलाई देशमै स्वरोजगार बनाउने जानकारी गराए।
प्रिन्सिपल ढकालका अनुसार सिजी पोलिटेक्निकले यसअघि नवलपुरको कावासोती र मध्यविन्दु नगरपालिकाका स्थानीय २५ जना युवालाई प्लम्बिङ तालिम, मध्यविन्दु नगरपालिकाका ३५ जना स्थानीय महिलालाई बेकरी तालिमसमेत प्रदान गरेको बताए।
नवलपुरको देवचुली नगरपालिका–२ मा २०६६ सालबाट सुरु गरेको सिजी पोलिटेक्निकले युवाहरुलाई प्राविधिक तालिम प्रदान गरी उद्योगमै रोजगारको वातावरण सिर्जना गरेको छ। स्थापनादेखि हालसम्म ३ हजार बढीलाई तालिम प्रदान गरेको र अब भने सिजीले यसलाई निरन्तरता प्रदान गर्न शाखा कार्यालयका रुपमा प्रतापपुर–७ मा संञ्चालन गरेकोे जनाइएको छ।
तालिम ६ महिनासम्म संञ्चालन हुने र तालिममा सहभागीहरुलाई प्रमाणपत्रसँगै उत्कृष्टलाई रोजगारसमेत प्रदान गर्ने पोलिटेक्निकले जनाएको छ । आफ्नो शाखालाई प्रतापपुरमा विस्तार गरेसँगै त्यहाँका स्थानीय उत्साहित बनेका छन्।
स्थानीय राजेश कोहारका अनुसार आफूहरु बेरोजगार रहेको अवस्थामा सिजी पोलिटेकले ल्याएको सीप विकास तथा आत्मनिर्भर कार्यक्रमले आफूहरुमा परिवर्तन ल्याउने विश्वास लिएको बताए। उनले विदेश जाने युवाहरुलाई सीप प्रदान गरी देशमै सीप सिकाइ रोजगार प्रदान गर्नसके देश विकासमा युवाहरुको चासोसमेत हुने बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago