काठमाण्डौ । निकै लामो समयदेखि लगातार सूचित गर्दा समेत वार्षिक नवीकरण शुल्क नतिरेपछि नेपाल स्टक एक्सचेञ्जले सोमबार २६ वटा कम्पनीको सेयर कारोबार रोकिदिएको छ । 

नेप्सेले विगत केही साताअघिदेखि नै आश्विन मसान्तभित्र वार्षिक नवीकरण शुल्क अनिवार्य रुपमा बुझाउन, नबुझाए सेयर कारोबार रोक्का हुने भनी सूचना प्रकाशित गर्दै आएको थियो । नेप्सेको सूचनालाई कम्पनीहरुले बेवास्ता गर्दा उनीहरुको कारोबार रोक्का भई लगानीकर्तालाई मर्का परेको छ । 

यसअघि पनि नेप्सेले मर्जर तथा वार्षिक शुल्क नतिरेको भन्दै ३८ कम्पनीको सेयर कारोबार रोकेको थियो । अब सेयर कारोबार रोक्का हुने कम्पनीको संख्या ६४ पुगेको छ । 

कारोबार रोक्का गरिएका कम्पनीहरुले तोकिएको वार्षिक नवीकरण शुल्क र मर्जर शुल्क बुझाएपछि उनीहरुको कारोबार खुलाइने बताइएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर रोक्का गरिएका कम्पनीहरु यसप्रकार छन् :
१.अल्पाइन डेभलपमेन्ट बैंक    
२.अपि पावर कम्पनी
३.वरुण हाइड्रोपावर कम्पनी    
४.भागर्भ विकास बैंक
५.कर्पोरेट डेभलपमेन्ट बैंक    
६.हाम्रो विकास बैक
७.आइएलएफसी माइक्रोफाइनान्स
८.जलविद्युत लगानी विकास कम्पनी
९.कालिका माइक्रो क्रेडिट    
१०.कर्णाली विकास बैक
११.किसान माइक्रोफाइनान्स    
१२.लक्ष्मी बैंक ऋणपत्र २०७६
१३.लाइफ इन्स्योरेन्स कम्पनी नेपाल
१४.महिला सहयात्रा
१५.मञ्जुश्री फाइनान्स    
१६.मिर्मिरे माइक्रोफाइनान्स
१७.मल्टिप्रपोज फाइनान्स    
१८.नागवेली लघुवित्त
१९.एनबी इन्स्योरेन्स    
२०.नेपाल फाइनान्स एण्ड सेभिङ
२१.नेपाल ग्रामिण विकास बैक    
२२.नेरुडे लघुवित्त
२३.प्राइम कमर्सियल बैंक
२४.साना किसान विकास बैक
२५.सेती वित्तीय संस्था    
२६.टुरिजम डेभलपमेन्ट बैक