काठमाण्डौ । आवेदन दिएका सबै सदर आवेदकले नबील ब्यालेन्स फण्ड २ को इकाई पाएका छन् । 

यो योजनाको व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले शुक्रबार बिहान एक कार्यक्रमका बीच नवील ब्यालेन्स फण्ड २ ले निश्कासन गरेका इकाईहरुको बाँडफाँड गरेको हो। 

यो कम्पनीले बैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधारणमा प्रति इकाई १० रुपैयाँको दरले नवील ब्यालेन्स फण्ड २ का १० करोड २० लाख इकाई निश्कासन गरेको थियो । 

कुल १२,००,००,००० (बाह्र करोड) ईकाइमध्ये बीज पूँजीबापत न्युनतम १,८०,००,००० (एक करोड असी लाख) ईकाइमध्ये कोष प्रबन्धक नबिल बैक लिमिटेडका लागि १४ प्रशितले हुनआउने १,६८,००,००० (एक करोड अठसठ्ठी लाख) ईकाइ तथा योजना व्यवस्थापक  नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग लिमिटेडलाई १ प्रतिशतले हुनआउने १२,००,००० (बाह्र लाख इकाई) छुट्याई बाँकी हुन आउने १०,२०,००,००० (दश करोड बीस लाख) ईकाइ सर्वसाधारणमा खरिद आव्हान गरिएको थियो । 

सर्वसाधारणलाई छुट्याइएको इकाईमा कुल ३४,१४१ आवेदकहरुबाट जम्मा १०,४२,२६,७३० का लागि आवेदन दिएका थिए । जसमध्ये १०४३ जना आवेदकको आवेदनबाट हुन आउने जम्मा १,०२,८६,७६० ईकाइ विभिन्न कारणले रद्द भई बाँकी रहेका ३३,०९८ आवेदकहरुबाट ९,३९,३९,९७० भ्यालिड ईकाइका लागि आवेदन परेकोले सोहीअनुसार बाँडफाड गरिएको हो । 

यसरी बाँडफाँड गर्दा योजनाको आकार रु. १,११,९३,९९,७०० (बीजपूँजी समेत गरी) हुनआएकोले सो आकारलाई राउण्डअफ गरी योजना व्यवस्थापकले ६०,०३० ईकाइ बीजपूँजीको रुपमा थप गरी योजनाको आकार रु. १,१२,००,००,००० (एक अर्ब बाह्र करोड) बनाई इकाईको बाँडफाँड गरिएको नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले जनाएको छ ।