काठमाण्डौ । दक्षिण कोरियाका २१९ जनाका देखिएको नयाँ कोरोना संक्रमणको सम्बन्ध राजधानी सिओलको मनोरञ्जन क्षेत्र इटाइओनको नाइट क्लबको समूहसँग देखिएको छ।

यो क्षेत्रमा मे ९ मा कोरोनाको पहिलो केस देखिएको थियो। यसपश्चात त्यहाँका अधिकारीले कोरोनाको पहिचान र नियन्त्रणका लागि कदमहरु चालेका थिए। उनीहरुले त्यस बखत त्यो क्षेत्रमा भएकाहरुको पहिचानका लागि क्रेडिट कार्डको रेकर्डहरु र मोबाइल फोनकोे डेटाहरु जम्मा गरेका थिए। 

अधिकारीहरुका अनुुसार यो प्रक्रियामा ७७ हजारभन्दा धेरै मानिसहरु भेटिएको र ती सबैको परीक्षण गरिएको बताएका छन्। कोरियन सेन्र्टस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक जंग युुउन क्योङका अनुुसार २१५ जना नयाँ कोरोना संक्रमणको घटनामा ९५ जना कोरोना संक्रमितहरुलाई नाइट क्लब जाँदा भाइरस सरेको थियो।अन्य १२० जना भने वास्तविक नाइट क्लब समूहको सदस्यहरु रहेको उनले बताए। 

दक्षिण कोरियामा यतिबेला १११४२ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै कोरोनाबाट मृत्युु हुुनेको संख्या २६४ पुुगेको छ। – एजेन्सी