काठमाण्डौ । बजार खुलेदेखि नै घटबढको नागबेली चालमा कुदेको बजारले आशा जगाएको छ । केही दिनअघिसम्म ३० करोडको हाराहारीमा हुने गरेको कारोबार मंगलबार बजारमा उछाल आउँदा ५० करोड माथि पुुगेको थियो । बुधबार बजार परिसूचक २.९ को झिनो अंकले घट्दा समेत कारोबार रकम भने बढेर ५१ करोड माथि पुुगेको हो । यसले बजारलाई कारोबार रकमको बलियो साथ प्राप्त हुँदै गएको देखिन्छ । 

बुुधबार नेप्से परिसूचक घटेर १२०४.८१ अंकमा सीमित बन्न पुुग्यो । यो दिन बजारका समूहहरुको प्रदर्शन मिश्रित रह्यो । ४ वटा समूहको सूचक बढ्यो भने अन्य ५ वटा समूहको सूचकमा झिनो मात्र गिरावट देखियो । 

यो दिन बैकिङ समूह २.९३ अंकले बढ्यो । यस्तै, विकास बैंक समूह १.१६, उत्पादनमूलक १४.७२ र अन्य समूह २.८७ अंकले बढे । व्यापार समूहमा ४.५६ अंकको गिरावट देखियो भने होटल समूहमा १८.९५, जलविद्युत समूहमा २१.१५, बित्त समूहमा ५.८२ र बिमा समूह ९१.४१ अंकको गिरावट आयो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले मात्र घट्यो भने फ्लोट इण्डेक्समा पनि ०.३२ अंकको झिनो मात्र गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका १३ लाख ५२ हजार २ सय ९० कित्ता सेयर ५१ करोड ४१ लख ५० हजार १ सय ३७ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी युनिलिभर लिमीटेडले २ करोड ५८ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल बैंकले २ करोड ४८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २९ लाख, नवील बैंकले २ करोड २६ लाख, एभरेष्ट बैंकले २ करोड ६ लाख, चिलिमे हाइड्रोले १ करोड ९१ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ७४ लाख, सानिमा बैंकले १ करोड ६० लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड २७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा रादी विद्युत कम्पनी र कोअपरेटिभ डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै कमाए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ८.४२ प्रतिशतले घट्यो । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका लगानीकर्ताले समेत ७.३३ प्रतिशतका दरले सम्पत्ति गुमाए ।