काठमाण्डौ । धितोपत्र बोर्डले नागबेली लघुवित्त वित्तीय संस्थालाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको छ ।

बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ७ लाख ६६ हजार ४ सय ६५ कित्ता हकप्रद निश्कासनको स्वीकृति दिएको हो । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।

हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर १५ करोड ३२ लाखको उचाईमा पुग्नेछ । 

यो कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको बित्तीय अवस्था आधारभूत भन्दा कमजोर छ भन्ने हो । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता २७४० रुपैयाँ रहेको छ ।