– अर्जुन तिमिल्सिना
काठमाण्डौ । कम्पनीहरुका आईपीओ खुल्दा अझै पनि केही लगानीकर्ताले दोहोरो आवेदन दिने गरेका छन्।
हालै बाँडफाँड भएको बलेफी हाइड्रोपावरको आईपीओमा २ हजार ७९७ जनाले दोहोरो आवेदन दिएको पाइएको छ। जसका कारण उनीहरुको आवेदन रद्द गरिएको थियो।
त्यसपछि बाँडफाँड गरिएको उपकार लघुवित्त आईपीओमा पनि दोहोरो आवेदन दिने संख्या २ हजार ४०६ थियो। उनीहरुको पनि आवेदन रद्द गरिएको थियो।
त्यस्ता आवेदनलाई बिक्री प्रबन्धकले म्यानुअल्ली चेक गरेपछि सीडीएसीले सिस्टममार्फत रद्द गर्दै आएको सीडीएसीका प्रवक्ता सुरेशकुमार न्यौपाने बताउँछन्। ‘अहिले हाम्रो नागरिकतामा हजुरबुवाको नाम नहुँदा पनि यस्तो समस्या आएको हो’, उनी भन्छन्, ‘दुईवटा डिम्याट खोल्ने सबैलाई अधिकार रहेको छ । तर, एकैव्यक्तिले दुवै डिम्याटमार्फत आईपीओमा आवेदन दिन भने पाउँदैनन्।’
केही व्यक्तिले नागरिकतामा हजुरबुवाको नाम नहुने भएकोले त्यसैको फाइदा उठाउँदै दोहोरो आवेदन दिने गरेको पाइएको न्यौपानेको भनाइ छ। ‘केवाईसीमा हजुरबुवाको नाम भरे पनि त्यो अन्यत्र रेकर्ड हुँदैन’, उनले भने, ‘त्यसैले केही लगानीकर्ताले दोहोर आवेदन दिने गरेको पाइएको छ।’
अब लागू गर्न लागिएको सेन्ट्रल केवाईसीमार्फत यो समस्या समाधान हुने न्यौपानेको दाबी छ। ‘सेन्ट्रल केवाईसी लागू भएसँगै सबै ठाउँमा एउटै रेकर्ड हुन्छ’, उनले भने, ‘त्यसो भएमा आईपीओमा दोहोरो आवेदन पर्ने समस्या स्वतः हल हुन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago