काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले  नागरिकले महसुस गर्ने गरी विकास गर्ने बताएका छन् ।
 

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकले महसुस गर्ने गरी विकासका काम भइरहेको तर त्यसबाट आफूबाट सन्तुष्ट भने नभएको बताएका छन् ।

उनले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल थाल्ने बताए । उनले यसवर्ष उपभोक्ता मूल्य बृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको उल्लेख पनि उल्लेख गरे  ।

भुक्तानी सन्तुलन करिब १ खर्ब ५० अर्बले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालू खातासमेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पूँजीबजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएको बताए ।
 

उनले यसक्षेत्रमा अपेक्षित सुधार नहुँदा आफू चिन्तित भएको र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको पनि बताए ।

 

उनले देशमर सडकनिर्माणदेखि लिएर भौतिक निर्माणका क्षेत्रमा धेरै काम सम्पन्न भएको  पनि बताए ।

उनले भने, यस वर्ष ७५६.६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने ५८७.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा ८१.२९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ, थप ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छु, उनले भने, यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन ।’
 

उनले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन।’
पढ्नुहोस पूर्णपाठ :